Techie IT
१४ असोज २०७९, शुक्रबार

नेविसङ्घले बिपीजयन्ती मनाउने


काठमाडौँ, भदौ २२
नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती मनाउने भएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिएको हो ।राससका अनुसार नेविसङ्घले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।

यस्तै नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिराका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर बिपीजयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रहसमेत गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्