Techie IT
९ असार २०७८, बुधबार

सय किलो गाँजा बरामद


काठमाडौं,भदौ २२

चितवनको राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्