जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं,भदौ २२
सप्तरीको १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्