Techie IT
२१ असोज २०७९, शुक्रबार

बजार परिसुचक १४ सय ८७ अंकमा

१२ अंकले बजार ओरालो लाग्दा दुुई अर्ब १६ करोडको कारोवार


काठमाडौ, २२ भदौ ।
सेयर बजार परिसुचक पुुन ओरालो लागेको छ । साताको दोेस्रो कारोवार दिन आज सोमबार पनि बजार परिसुचक १२ दसमलव १७ अंकले ओरालो लागेर १४ सय ८७ दसमलव ८१ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५५ अंकले ओरालो लागेर दुुई सय ९८ दसमलव ६४ अंकमा झरेको छ । आज कुल एक सय ९२ कम्पनीहरुको कारोवार भएको छ ।

जसअनुसार २८ हजार ७८ वटा कारोवारमा ५५ लाख ९५ हजार पाँच सय ५१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब १६ करोड ४९ लाख ३० हजार दुुई सय १४ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार आठ वटा समुहको सुचक ओरालो लागेकाछन भने चार वटा समुहको सुचक उकालो लागेकाछन ।

जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने फाईनान्स, लघुुबित्त, टे«डिङ र अन्य समुहको सुचक भने बढेकाछन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्