Techie IT
१३ असोज २०७९, बिहीबार

भूमाफियाको प्रभावमा परेर भूमी सुधार मन्त्री अर्यालले कित्ताकाट गर्ने निर्णय उल्टाइन्


काठमाडौं,२२ भदौ।
सरकारले आफैले तीन बर्ष अधि रोकेको जग्गाको कित्ताकाट गर्ने निर्णय घरजग्गा व्यवसायीकोको प्रभावमा परेर कित्ताकाट फुकुवा गरेको छ ।

तीनवर्ष अघि सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्ने निर्णय गदै कित्ताकाट गर्न रोक्ने निर्णय गरेपछि घरजग्गा व्यवसायी सरकारको उक्त निर्णय उल्टाउन सक्दो प्रयास गरिरहेका थिए र यही बिचमा उक्त निर्णयलाई संसोधन गदै स्थानीय निकायको सिफारिसमा कित्ताकाट गर्न दिने निर्णय गरिएको थियो तर उक्त निर्णय पनि स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई घुस खाने अस्त्र बनेकाले घरजग्गा व्यवसायीले लकडाउन शुरु हुनु अघिदेखिनै उक्त निर्णय वदर गराउन कसरत गदै आएका थिए ।

त्यही कारण घरजग्गा व्यवसायीको प्रभावमा परेर भूमी व्यवस्था शहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले यही भदौ १८ गते मन्त्रीस्तरीय निर्णय गरेर रोकिएको कित्ताकाट खुला गर्ने र पूर्ववत रुपमा विभाग र मातहत कार्यालयहरु बाटै कित्ताकाट गर्ने निर्णय गरेकी हुन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्