Techie IT
३१ असोज २०७८, आईतबार

अवैध लागूऔषध गाँजा बरामद


काठमाडौं ।सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुबा टोलबाट करिब १४ केजी १ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र उक्त परिमाणको गाँजा बरामद गरेको हो । हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ स्थित कोशी नदीको किनारको झारीमा वेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानामा अवैध लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्