Techie IT
१५ माघ २०७८, शनिबार

अवैतनिक महावाणिज्य दूतहरुले खोसिएको सेवा सुविधाको माग गर्न थाले


काठमाडौं,भदौ २२

नेपालमा रहेका विभिन्न देशहरुका अवैतनिक महावाणिज्य दूतहरुले विगत केही महिनादेखि खोसिएको आफ्नो सेवा सुविधाहरु पुन पाउनु पर्ने सरकारसँग माग गरेका छन् ।

केही समय अगाडी अवैतनिक दूतको बिल्ला भिरेर निलो नम्वरल्पेट र त्यस देशको झण्डा गाडीमा लाएर थर्मल गनको कालो बजारी गरेका सुलभ अग्रवालको कर्तुत छर्लङ्ग देखेपछि अरु देशका महावाणिज्य दूतहरुले पाउदै आएको सेवा सुविधा पनि सरकारले कटौती गरेको थियो । तर अरु महावाणिज्य दूतहरुले एउटाको गल्तीमा सवैको सेवा सुविधा कटौटी गर्न सरकारले नहुने भन्दै सेवा उपलब्ध गराउन माग गरेका छन् ।
एक जना महावाणिजय दूतले आफ्नो नाम नबताउने शर्तमा आफ्नो सरकारले चालेको यो कदमको विरोध गर्दै तुरुन्त खोसिएको महावाणिज्य दूतहरुको सेवा सुविधा उपलब्ध गराउन सुलसुले खवरमार्फत माग गरेका छन् । सवै त्यही ब्याबहारका नभएता पनि कतिका त सुलभका जस्तै आफ्ना धन्दा रोकिएर पनि यो आवाज बाहिर ल्याएको हुन सक्छन् । यसको सतयतथ्य वुझेर यथार्थ निर्णय सरकारले लिनु त पर्ने नै हुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्