Techie IT
१४ असार २०७९, मंगलबार

कोरोना नियन्त्रणमा ४४ लाख बढी खर्च


सोलुखुम्बु, भदौ २२
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ४४ लाख रूपैयाँभन्दा बढी रकम खर्च गरेको छ । नेपालमा कोरोना भाइरसको महामारी भित्रिएसँगै त्यसबाट बच्न र बचाउन ४४ लाख छ हजार नौ सय ९२ रूपैयाँ खर्च गरेको हो ।

गाउँपालिकाले खर्च गरेको मध्ये आरडीटी किट र दीर्घरोगीको औषधि तथा स्वास्थ्य सामग्री खरिदमा आठ लाख आठ हजार नौ सय ५३ रूपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार थर्मल गन, पीपीई सेट, मास्क, स्यानिटाइजर खरिदमा तीन लाख ३१ हजार एक सय ७५ रूपैँया खर्च भएको छ ।

यस्तै, गाउँपालिकाले विभिन्न स्थानमा हेल्पडेस्क र वडा सचेतना कार्यक्रममा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्तामा तीन लाख ५० हजार एक सय ४७ रूपैयाँ, काठमाडौँमा राहत वितरणमा २० लाख ७१ हजार रूपैयाँ, प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन खर्चमा ४२ हजार दुई सय ५० रूपैयाँ, पदाधिकारी, कर्मचारी र आइसोलेसनमा रहने व्यक्तिको खाजा र खाना खर्चमा ३९ हजार सात सय ५० रूपैयाँ र औषधि ढुवानीमा २७ हजार पाँच सय रूपैयाँ गरी कुल ४४ लाख छ हजार नौ सय ९२ रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्