Techie IT
६ असोज २०७८, बुधबार

मुग्लिन–नौबिसे सडक अवरुद्ध


काठमाडौँ ।पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

राससका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्