Techie IT
७ असोज २०७८, बिहीबार

एमाले सांसदद्वय पाण्डे र भट्ट नेकपा (एस) मा जान पाउने सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ ।नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सांसदद्वय सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।दल दर्ताको निर्णय हुनुपहिले नै निवेदन दिएकाले पाण्डे र भट्टलाई नयाँ दलमा सनाखत गर्न पाउने भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्