Techie IT
६ असोज २०७८, बुधबार

पत्रकारको निःशुल्क दुर्घटना बिमा


रामपुर । नेपाल पत्रकार महासङ्घ पाल्पाले पत्रकारको निःशुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासङ्घद्वारा प्रत्येक पत्रकारको रु. एक लाख बिमाङ्कको दुर्घटना बिमा र रु. १० हजार बराबरको उपचार खर्चसहितको बीमा गरिएको महासङ्घका अध्यक्ष रेखिराम रानाले राससलाई बताए । महासङ्घले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

बीमित व्यक्ति बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम रु. १० हजार खर्च कम्पनीले बेहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा रु. एक लाख कम्पनीले उपलब्ध गराउने महासङ्घका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्