Techie IT
५ असार २०७८, शनिबार

पिउने पानीमाग गर्दै रित्तो गाग्री प्रदर्सन


दोलखा,भदौ,२१

जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर चार भेड्पुका उपभोक्ताहरुद्वारा आइतबार सदरमुकाम चरिकोटमा पिउने पानीको मागराख्दै रित्तो गाग्री प्रदर्शन गरेका छन्।भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेपछि आइतबार स्थानीय करिब एकसय उपभोक्ताले चरिकोटमा रित्तो गाग्री प्रदर्शन गरेर विरोध गरेका हुन्।

सोही वडाका वडाध्यक्ष छत्रबहादुर तामाङसहितका उपभोक्ताहरुले रित्तो गाग्री, बाल्टिन, जर्किन सहित खानेपानी माग्दै विरोध प्रदर्शन गरेको उपभोक्ताहरुको भनाई छ।

खानेपानीको बजेट तोकिएको ठाउँमा खर्च नगरे अर्को चरणको आन्दोलन गर्ने उपभोक्ताहरुको नारा थियो।दिनदेखि उत्पन्न विवादका कारण उपभोक्ता समितिका अध्यक्षसहित ५ जना पक्राउ गरी मुद्धा चलाएपछि द्वन्द्व चर्किएको थियो। संघीय सरकारबाट सो खानेपानी आयोजनाको लागि तोकेर आएको ९० लाख बजेट गाउँपालिकाले अन्यन्त्र रकमान्तर गरेको विरोधमा ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित ५ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्