Techie IT
१० असार २०७८, बिहीबार

करेन्ट लागेर मृत्यु


काठमाडौं, भदौ २१

कैलालीको गोदावरी नगरपालिका-५ कटान बस्ने २३ वर्षीय सन्तोषविकको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

कञ्चनपुर कृष्णपुर नगरपालिका-८ र ९ राजघाट जंगलमा उनी समेत ७ जना काठ चोर्न गई फर्किने क्रममा बदेल मार्न थापिएको विद्युतीय करेण्टकोपासोमा परेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने श्याम विकको नवजिबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्