Techie IT
१९ असार २०७९, आईतबार

सुन खरिद गर्ने बहानामा नगद चोरी गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ २१

सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ जबरजस्ती चोरी गरेको अभियोगमा ५ जनालाई शुक्रबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३२ वर्षीय बिष्णु थापा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकालबारी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका २७ वर्षीय मेघ बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमीनगरपालिका-९ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका(५ घर भएका २२ वर्षीय बिशाल लामा रहेका छन् ।

बिहीबार बेलुका काठमाडौं गोकर्णेश्वार नगरपालिका-५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका(४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्ठ नगरपालिका-११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई अपरिचित ४ जनाले उक्त रकम जबरजस्ती चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा.२४ प २८६७ र प्रदेश नम्बर ३-०२-०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्