Techie IT
१२ असार २०७९, आईतबार

विभिन्न कारणले मृत्यु


काठमाडौं, भदौ २१

धनुषाको जनकपुर उपमहानगरपालिका-४ कटैयाचौरी बस्ने ५५ वर्षीया गम्भिरा ठाकुरको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफनै घरमा पानी तान्ने कलमा जोडेको मोटरमा बिजुली सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-२ देवानगञ्ज बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङ् लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङको झट्का लागेर गम्भीर घाइते भएका उनको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरी उल्टापानी टोल बस्ने करिब ५० वर्षीय प्रेम बहादुर डगौरा मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा घरदेखि करिब ५ सय मिटर टाढा स्याली नदीको खोलामा शनिबार शव फेला परेको हो ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-७ घर भई दुहबी नगरपालिका-१२ सितापुर टोल बस्ने ३५ वर्षीया शोभा देवी यादब शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बिहीवार राति खाना खाई सुतेकी उनी बिहान मृत फेला परेकी हुन् ।

बाराको बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर बोर्डर नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यी विविध घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्