बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ २१
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लगेर यौन दुर्व्यहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्