Techie IT
५ असार २०७८, शनिबार

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण, ४६ हजार २ सय ५७ पुगे संक्रमित !


काठमाडौं,भदौ १९
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा आइतबार थप ९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै हालसम्म संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।डा.गौतमका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्