Techie IT
३० जेठ २०७८, आईतबार

कोटहीमाई गाउँपालिकामा अर्याल


पोसकान्त पोखरेल
बुटवल, भदौं २१

युवा जोश जाँगर बोकेका रिब्दीकोट गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल रुपन्देहीको कोटहीमाई गाउँपालिकामा सरुवा भएका छन् । नयाँ नयाँ योजनाहरु कार्यान्वयनमा ल्याएर गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान दिएका अर्याल रिब्दीकोटमा विताएको १६ महिने कार्यकालमा गाउँपालिकामा सबैको प्रिय भएर बस्न सफल भएका थिए ।

सबै सँग हाँसेर मिलीजुली बस्नु पर्छ भन्ने मान्यताका धनी अर्यालले रिब्दिकोटमा बिताएको १६ महिना सबैका लागि स्मरणिय हुने गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधीहरुको भनाई छ । राज्यको नीति नियम अनुसार कार्यसम्पादनको लागि कुनै पनि क्षेत्रमा सरुवाभई जानु पर्ने र घरायसी बाध्यतात्मक अवस्थाका कारण गाउँपालिकाबाट सरुवाभई गएपनि निकै मिहेनती, लगनशिल, कर्तव्यनिष्ठ र कुशल प्रशासक भएको प्रसंशा गर्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले अर्याललाई विदाई गर्दा धेरैका आँखाहरु गहभरी आँसुले भरिने अवस्था आएको बताए ।

जनप्रतिनिधी र कर्मचारी बीच बनेको सुमधुर सम्बन्धले अर्यालको कार्यकालको सुरुको समय देखि नै दिन/प्रतिदिन विकास निर्माणको क्षेत्रमा प्रगति गर्दै गएको गाउँपालिका पछिल्लो समयमा चर्चा बटुल्दै अगाडी बढेको थियो । समृद्ध रिब्दीकोट गाउँपालिका निर्माणमा आवश्यक रणनीतिहरु अपनाउँदै विकास निर्माणका योजनाहरु प्राथमिकताका आधारमा कार्यन्वयनमा ल्याउने प्रशासकका रुपमा चिनिएका अर्यालको कोटहीमाई गाउँपालिकाको कार्यसम्पादन अवधीमा गाउँपालिकामा व्यापक रुपमा सकारात्मक परिर्वतन हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष चन्द्र भुषण यादबले बताए ।

रिब्दीकोट गाउँपालिकाको १६ महिने बसाईमा सहयोग गर्ने कर्मचारीहरु, जनप्रतिनिधी, पत्रकार, बुद्धिजिवी, समाजसेवी, स्थानीयहरु सबैलाई हार्दिक कृतज्ञता टक्राउँदै विदाई कार्यक्रममा अर्यालले विकास निर्माण अथवा परिवर्तन एक/दुई व्यक्तिको चाहना र प्रयासले सम्भव नहुने धारणा राख्ने अर्यालको विकास निर्माणमा सबै एक भएर लाग्नुको विकल्प नभएको सदाबार बुझाई छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्