Techie IT
६ असोज २०७८, बुधबार

एमसीसी प्रतिनिधिमण्डल ओलीको घरमा


काठमाडौँ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै घर पुगेको छ ।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएको समाचार स्रोतले बताएको छ ।उनले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम रहेको थाहा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले बताएको छ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्