Techie IT
४ माघ २०७८, मंगलबार

१५ सय अंकबाट पुन ओर्लियो सेयर बजार


काठमाडौ, भदौ २१
गत साता लगातार उकालो लागेर १५ सय अंकबाट माथि चढेको सेयर बजार परिसुचक यो साताको सुरुवाती कारोवार दिन नै ओरालो लागेको छ । यसदिन अर्थात आज आईतबार बजार परिसुचक १० दसमलव ४५ अंकले ओरालो लागेर १४ सय ९९ दसमलव ९७ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ५४ अंकले ओरालो लागेर तीन सय दुुई दसमलव १९ अंकमा झरेको छ । आज कुुल एक सय ९१ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार ३४ हजार आठ सय ६३ वटा कारोवारमा ७० लाख ३८ हजार नौ सय कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ७८ करोड २३ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुसार टे«डिङ समुहको सुचक २२ दसमलव ६३ अंकले उकालो लागेर नौ सय २४ दसमलव ४१ अंकमा चढेको छ भने सामुुहिक लगानी कोष समुहको सुचक शुन्य दसमलव शुन्य एक अंकले उकालो लागेको छ । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा सहितका १० वटा समुहको सुचक उच्च अंकले ओरालो लागेकाछन ।


क्याटेगोरी : समाचार, वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्