रअका एजेण्टलाई गाली गर्दै हिड्ने सांसद चौधरी दुतावासको नजिक रहेको खुलासा

काठमाडौं,भदौ २१
जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई भारतिय दलाल भन्दै गाली गर्दै चर्को अन्तरवार्ता दिदै हिड्ने गंगा चौधरी आफै भारतिय दुतावाससँग नजिक रहेको रहस्य खुल्न आएको छ ।
सांसद चौधरीले दुतावासलाई पनि सहयोग गर्ने गरेको र दुतावासले पनि उनलाई सहयोग गर्ने गरेको खुल्न आएको छ ।
सांसद चौधरीकै सिफरिसमा उनका श्रीमान नन्दलाल चौधरी अध्यक्ष रहेको जय गुरुदेवमानव धर्म विकास संस्थालाई तत्कालिन नेपालका लागि भारतिय राजदुत मञ्जिवसिंह पुरीले एम्वुलेन्स हस्तान्तरण गरेका थिए ।
यसबाट पनि यो वुभ्m्न सकिन्छकी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जसरी भएपनि उनको दुतावाससँगको संबन्ध राम्रो रहेको खुल्न आएको छ । राष्ट्रवादको चर्को नारा दिएर जनताहरुलाई रनभुलमका पार्नु भन्दा आफ्नो सक्कली अनुहार देखाएमा वरु स्याबासी पाइने थियो की ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्