Techie IT
१० असार २०७८, बिहीबार

अड्को पड्को तेलको धुप गरेर चाडवाड मनाउन थारु कल्याणकारीसभाको अन्तर्कृयामार्फत समुदायलाई आव्हान


काठमाडौं,भदौ २१

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै सामूहिक र सार्वजनिकरुपमा मनाउने थारुसमुदायको चाडपर्व यसपाली सर्तक र सजग अपनाएर घरघरमै मनाउन थारुकल्याणकारी सभा चितवनले अपिल गरेको छ ।

नजिकिदै गरेको थारसमुदायका विभिन्न चाडपर्वहरुप्रति चासो र चिन्ता व्यक्त गर्दै संस्कृति जोगाउने क्रममा विकृति र भयानक महामारी वेर्होन नपरोस् भनेर सभाले समुदायका विभिन्न संघ संस्थाहरुसँग भर्चुवल अन्तर्कृया गरेको हो ।

थारु कल्याणकारी सभा चितवनका अध्यक्ष एवं सभाका केन्द्रिय उपाध्यक्ष विष्णुकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रममा थारु युवा सभाका महासचिव चञ्चल चौधरी, थारु पत्रकार संघका महासचिव सन्तकुमार चोधरीले कार्यक्रमको सहजीकरण गरेको उक्त कार्यक्रममा भरतपुर अस्पतालका फिसियन डा. गौरीराम महतोले कोरोना भाइरस रोगको वर्तमान अवस्था र थारु समुदायको चाडवाडमा बढ्न सक्ने जोखिमवारे जानकारी गराएका थिए ।

 अन्तर्कृया कार्यक्रममा थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो,थाकसका केन्द्रिय उपाध्यक्ष विष्णुकुमारी चौधरी, पूर्व केन्द्रिय उपाधयक्ष भजुमन महतो, थाकसका राजनैतिक सल्लाहकार जयचन्द्र प्रसाद चौधरी,पूर्व न्यायधिश नन्दलाल महतो,अधिवत्ता शिवराम महतो,सप्तगण्डकी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो,थारु कलाकार सभाका अध्यक्ष सुरेस चौधरी,थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरी,अन्य सहभागीमा सविता महतो,जितेन्द्र चौधरी,जीतवहादर महतो लगायतका थारुसमुदायका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको उक्त अन्तर्कृया  कार्यक्रममा सुरक्षित रह्यौं भने पुरै जिन्दगीभर मनोरञ्जन गर्र्र्र्र्दै चाडवाड मनाउँला तर अहिलेलाई अडको पडको तेलको धुप गरेर चाडवाड मनाउने निश्कर्ष पनि निकाल्यो ।

 

थारु समुदायको जितिया,ममोसा,दशैं,सोहराई लगायतका चाडवाडहरु नजिकै गर्दा सभाले यो अन्तर्कृया गरेर समुदायलाइृ सर्तक र सजक गराएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्