Techie IT
१२ असार २०७९, आईतबार

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण, ४५ हजार ५ सय ७७ पुगे संक्रमित !


काठमाडौं,भदौ २०
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप एक हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। डा.गौतमका अनुसार मृत्यु हुनेमा मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि तीनजना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्