Techie IT
२१ असोज २०७९, शुक्रबार

आगलागीबाट विभिन्न धनमाल नष्ट


काठमाडौं,भदौं १९

सिन्धुलीको तिनपाटन गाउँपालिका-१ छरछरे बस्ने २८ वर्षीय धन बहदुर भुजेलको फुसको छानो भएको कच्ची घर र संगै रहेको गोठमा बिहीबार आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिका-५ केल्चाक बस्ने पुर्ण बहादुर राईको कच्ची घरमा बिहीबार आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका-५ कृष्ण मन्दिर बजारस्थित देवेन्द्र राज शर्मा र नविनध्वोज खाँको जस्ताको छानो भएको संगै जोडिएको ३ तले कच्ची घरमा शुक्रबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्