अर्थमन्त्री खतिवडाले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं , १९ भदौ । नेपाल सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले शक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रियसभामा आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेका खतिवडाले शुक्रबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका खतिवडालगायत १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि शक्रबारबाट सकिएको छ । राष्ट्रिय सभामा निर्वाचित १८ जना नयाँ सदस्यहरुको भोलि सपथ हुँदैछ । तर, राष्ट्रपतिबाट मनोनित हुने एक जना सदस्य भने केही समयसम्म रिक्त नै रहने देखिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्