Techie IT
बुधबार, कात्तिक ५,२०७७

घरको ढोका फोड्दै ,सामान चोरी र प्रहरीलाई हातपात गर्ने पक्राउ


काठमाडौं,साउन २१

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४७ वर्षीय पेम्बा शेर्पाको घरको ढोका फोड्दै गरेको अवस्थामा सोही नगरपालिका-४ दधिकोट बस्ने सिन्धुली भिमान घर भएका २१ वर्षीय शुक्र तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

तामाङले रातको समयमा ढोका फोड्दै गरेको अवस्थामा घरधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गर्नासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक बस्ने २१ वर्षीया रितु श्रेष्ठ रहेका छन् ।

मादक मादक पदार्थ सेवन गरी उनीहरु २ जना र भक्तपुर नगरपालिका-६ बस्ने २३ वर्षीय अमित अवासबीच झै(झगडा हुँदा उक्त स्थानमा महानगरीय प्रहरी प्रभाग व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । साथै झगडामा घाइते भएका अमितलाई भक्तपुर अस्पतालमा उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गरेर काठमाडौं महानगरपालिका-१२ टेकुबाट चोरीका सामान २ थान ल्यापटप, १ थान मोबाइल र १ थान घडीसहित ललितपुर बंगलामुखी घर भएका ३७ वर्षीय बिजेन्द्र देउलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा चोरीमा प्रयोग गरेको बागमती प्रदेश-०२-०१५ प २५६१ नम्बरको मोटरसाइकललाई सिसिटिभि फुटेजको आधारमा खोजी गर्ने क्रममा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई घर तलासी गर्दा उक्त चोरीका सामान सहित फेला पारी उनलाई पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार