Techie IT
१७ असार २०७९, शुक्रबार

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं,भदौं १९

तनहुँ, व्यास नगरपालिका-७ शेरास्थित सडकबाट १४ एम्पुल डाईजेपाम, १४ एम्पुल फेनारगन र १४ एम्पुल नोर्फिनसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ गल्बुबेशी बस्ने २७ वर्षीय सन्तोष राणा, सोही नगरपालिका भादगाउँ बस्ने २१ वर्षीय सन्तोष कार्की र शुक्ला गण्डकी नगरपालिका-२ प्रगतिटोल बस्ने २३ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत तनहुँबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।सिराहा, भगवानपुर गाउँपालिका-१ स्थित सडकबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बोरा छाडी मानिस फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । घटनामा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार