Techie IT
९ असार २०७८, बुधबार

नेपालमा थप एक हजार ३५९ जनामा कोरोना संक्रमण, ४४ हजार २३६ पुगे संक्रमित !


काठमाडौं,भदौ १९
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप एक हजार ३५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यो सँगै हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् ।

त्यसैगरी सप्तरीका ५५(५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्