Techie IT
१९ असार २०७९, आईतबार

राहत लिन बोलाएर सर्वसाधारणमाथि प्रहरीद्वारा लाठीचार्ज


काठमाडौं,भदौ १९
जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरणका लागि सर्वसाधारणलाई बोलाएर कुटपिट गरेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका गरिब र असहायलाई राहत प्रदान गर्ने भनेर जिल्ला प्रहरी कार्यालय परिसरमा आह्वान गरी सर्वसाधारणलाई कुटपिट गरेको हो । राहत प्रदान गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरूलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरूलाई पठाउन निर्देशन दिएको थियो । सोहीअनुरूप बुधबार साँझ राहत लिन पुगेका सर्वसाधारणहरूमध्ये केहीले राहत पाएका थिए भने केहीलाई राहत लिन बिहीबार बोलाइएको थियो ।

बिहीबार बिहानै राहत लिन पुगेका सर्वसाधारणलाई राहत नदिएर प्रहरीले गेटमै रोकेको थियो । प्रहरी उपरीक्षक गंगा पन्तले केहीबेरमै राहत बाँड्ने भन्दै सबैलाई लामबद्ध हुन आग्रह गर्दै कार्यालय प्रवेश गरेकी थिइन् । त्यसको केहीबेरमै प्रहरी कार्यालयभित्रबाट आएका केही प्रहरीले सर्वसाधारणलाई लखेट्ने सुरु गरेको घटनास्थलमा रहेकी महिला अधिकारकर्मी शैली चौधरीले बताइन् ।

सर्वसाधारणहरूमध्ये केहीलाई प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । उनले भनिन्, ‘एसपी पन्त भित्र प्रवेश गरेको पाँच मिनेटमै केही प्रहरीहरू आएर सर्वसाधारणहरूसँग कुरा गर्न थाले । यतिमै एक महिला प्रहरीले सर्वसाधारणउपर लाठी बजार्दै लखेट्न थालिन् ।’ राहत लिन पुगेको सर्वसाधारणहरूका अनुसार गत दुई दिनबाट जिल्ला प्रहरी कार्यालयले राहत बाँडिरहेको थियो र त्यही क्रममा बिहीबार पनि बोलाएको थियो । तर, बिहीबार राहतका लागि बोलाएर आफुहरूलाई प्रहरीले कुटपिट गरेर लखेटेको उनीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको संयुक्त पहलमा प्रहरी कार्यालय पर्सासँग पहिलाको मौज्दात रहेको १० किलोका दरले ४२ पोका चामल र स्थानीय सरकारले उपलब्ध गराएको ७३ पोकाप्रति पोका २० किलो चामल, १ किलो नुन, ३ किलो दालमध्ये बुधबार अति गरिब र विपन्न एक सय पाँच परिवारलाई राहत वितरण गरेको थियो । बाँकी परिवारलाई बिहीबार राहत वितरण गर्ने कार्यक्रम तय भएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान केहीलाई राहत बाँडिएको थियो । राहत वितरण गरेको थाहा पाएपछि वीरगञ्जका विभिन्न वडाका एक हजार पाँच सयको हाराहारीमा स्थानीयहरू राहत लिन जिल्ला प्रहरी कार्यालय पर्साको मुल गेटमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको मुल गेटमा स्थानीयहरूले होहल्ला गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न समान्य बल प्रयोग गरेको पर्साका प्रहरी प्रवक्ता मनोजीत कुँवरले बताए । स्थानीयहरूले यस्तो महामारीको बेलामा भीडभाड गर्ने तथा भौतिक दूरी समेत कायम नगरेपछि प्रहरी व्यवस्थापन मात्र गरेको प्रवक्ता कुँवरले बताएका छन् । आर्थिक दैनिकबाट


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्