Techie IT
१३ असोज २०७९, बिहीबार

विभिन्न कारणले मृत्यु


काठमाडौं, भदौ १८

मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका थारुको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ।

गुल्मीको मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै गरेर पाल्पाको रामपुर नगरपालिका-४ सिताकुण्डस्थित सडकमा प्रदेश ३-००१ अ यो-००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष गहतराज बिकको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने १६ वर्षीय राहुल बिकलाई उपचारको लागि रामपुर अस्पतालतर्फ पठाइएको छ । मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बर्दिया गुलरिया नगरपालिका-९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको छ ।

बुधबार घरबाट खेल्न निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा बिहीबार उक्त नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्