Techie IT
१७ साउन २०७८, आईतबार

नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण २१ हजार ३ सय ९० पुगे संक्रमित !


काठमाडौं,साउन २१
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितमध्ये १५० जना पर्सा जिल्लाका र काठमाडौं उपत्यकामा ६१ जना रहेका छन्।

यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। जहाँ १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्। प्रवक्ता गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए।

त्यसैगरि पर्साकी १८ वर्षीया महिलामा पनि मृत्युपछि गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।त्यस्तै कोरोनाभाइरस सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड १९ पुष्टि भएको थियो।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६० पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्