Techie IT
१४ असोज २०७९, शुक्रबार

सिंहदरबारमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक सम्पन्न


काठमाडौं, भदौ १८

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा १३.३० बजेबाट १५.०५ बजेसम्म कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, सामान्य प्रसाशनमन्त्री हृदयेश त्रिपाठी, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री बर्षामान पुन, गृह सचिव महेश्वर न्यौपाने, सचिव महेन्द्र प्रसाद गुरागाई, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, लगायत १२र१५ जनाको उपस्थिति रहेको थियो ।

बैठक पच्चात प्र.म. कार्यलयका सचिव एवम CCMC  का प्रवक्ता महेन्द्र प्रसाद गुरागाईले निम्न बिषयमा छलफल भएको जानकारी दिए। वैठकले कोरोना निवारण सम्बन्धि विभिन्न एजेण्डाहरु पारित छलफल भएको प्रवत्ता गुरागाइने बताए ।

वैठकमा कोरोना संक्रमणको वृद्धिसगैं अब कसरी अगाडि बढ्ने भन्ने वारेमा छलफल भएको थियो भने स्वास्थ मन्त्रीले नेपालको हालको कोरोनाको अवस्थाको बारेमा जानकारि गराएका थिए ।
अहिले शहरी क्षेत्रमा एम्बुलेन्स, सव बहान लगाएत अन्य आइसियु र भेन्टिलेटरको थप ब्यवस्था गर्ने बिषयमा पनि छलफल हुनुकासाथै निशेधाज्ञा गर्दा जनजीवनमा पर्न सक्ने दैनिक काम कारबाहीमा पर्ने समस्यालाई ब्यवस्थित गर्न सम्वन्धित प्रमुख जिल्ला अधिकारीहरुले मापदण्ड तोकेर दैनिक कामहरु गर्न ब्यवस्था मिलाउने भन्ने छलफलबाट निस्कर्ष निकालिएको जनाइएको छ ।

यस्तै गरेर कोरोनाको महामारी वढ्दै गएपछि नेपाल भेन्टिलेटर सर्भिसले भेन्टिलेटर व्यांकको प्रस्ताव गरिएकोमा आवश्यकता अनुसार यसलाई प्रयोगमा ल्याउनको लागि स्वास्थ सेवा बिभाग मार्फत परिचालन गर्ने निर्णय गरेको पनि बताइएको छ ।

वैठकमा तेस्रो मुलुकबाट हवाई उडानबाट आउने यात्रुहरुमा पिसिआर गर्ने र पिसिआर नगर्ने मिसिएर आउदा समस्या उत्पन्न भएकोले पर्यटन मन्त्रालयले सबै एअरलाइन्सहरुलाइ पिसिआर रेपोर्ट नेगेटिभ भएकोलाइ मात्र ल्याउन निर्देशन दिने, यसभन्दा अगाडी पिसिआर नगरेकालाई मिसाएर ल्याउदा सम्बन्धित एअरलाइन्सहरुले होटेलमा क्वारेन्टाइनमा राख्दा पिसिआर रेपोर्ट नेगेटिभ भएकाहरुलाई समस्या परेकोले अव उप्रान्त पिसिआर रेपोर्ट नेगेटिभ भएकालाइ मात्र ल्याउन निर्देशन दिने निर्णय भएको जनाइएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय हुनुपर्ने बिषयहरु नेपाल सरकारमा पेश गर्ने र अहिले यहाँबाट भएका निर्देशनहरु तत्काल लागू गर्ने पनि वैठकले पारित गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्