Techie IT
१९ असोज २०७९, बुधबार

नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, ४२ हजार ८ सय ७७ पुगे संक्रमित !


काठमाडौं,भदौ १८
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप १२२८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३५७ , ललितपुरका ४६ जना र भक्तपुरमा ४२ जना गरी काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्