Techie IT
८ असार २०७८, मंगलबार

वालुवाटारमा नेकपाको सचिवालय वैठक शुरु


काठमाण्डौं,भदौ १८

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय वैठक शुरु भएको छ । १८ गते विहीवार दिनको ३ वजेर १० दश मिनट जाँदा शुरु भएको वैठकमा पार्टीका विशिष्ट नेताहरुको उपस्थिती रहेको छ ।

  वैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलि, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेब गौतम, बरिस्ठ नेता झलनाथ खनाल, माधब कुमार नेपाल, नेकपा महासचिव बिष्णु पौडेल, गृहमन्त्री राम बहादुर थापा,रक्षामन्त्री ईश्वर पोख्रेल, प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको वालुवाटारस्रोतले जानकारी दिएको छ ।

बैठकमा पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा मनोनयन लगायतको बिषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिद्धारा मनोनित हुने राष्ट्रियसभा सदस्यमा पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडा मध्य कस्लाई पठाउने भन्ने पार्टीको अग्नि परिक्षाको पनि आज निर्णय हुने हुँदा यो वैठकलाई महत्वपूर्ण रुपले हेरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्