Techie IT
१७ असार २०७९, शुक्रबार

ललितपुरमा गोलीचल्यो, एक जना घाइते, अश्रु ग्यास र रबरको गोली प्रहार


काठमाडौं,भदौ १८
ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो ।

No description available.

प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरेका थिए ।

No description available.

कोरोनाको कारणले गर्दा यस पालीको इन्द्रजात्रासँगै रथजात्रा पनि प्रशासनले निकाल्न दिएको छैन । तर त्यस क्षेत्रमा प्रशासनको आदेशलाई तोड्दै रथ तान्न लाएपछि प्रहरी र स्थानिय बीच झडको स्थिती सृजना भएको हो ।

No description available.

तनाव नियन्त्रण गर्नका लागि प्रहरीले हवाइफायर पनि गरेको छ । अहिले पनि सो स्थानमा तनाव भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा स्थानियले ट्राफिक प्रहरीको बा २ ज ७२४२ नम्बरको मो.सा  र ललितपुर महानगपालिकाको कोभिड रेस्पोन्स टिमको गाडि बा १४ च २७४३ गाडिमा आंशिक रुपमा क्षति पुगेको छ ।

No description available.
सो झडपमा परी २ जना प्रहरी र १ जना स्थानिय घाइते भएकोले  घाइतेको अल्का अस्पतालमा उपचार भैरहेको छ ।




क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार