Techie IT
९ माघ २०७८, आईतबार

, मृत अवस्थामा फेला


काठमाडौं, भदौ १८

, सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तिनकुनेस्थित धान खेतमा सोही स्थान बस्ने ३४ वर्षीया संगिता राई बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-४ बिहारीको जंगलमा सोही नगरपालिका(६ तिल्कना बस्ने ५० वर्षीय जितेन पुनमगर बुधबार मृत अवस्थामा फेला परेका छन् । अघिल्लो दिन जंगलमा च्याउ खोज्न गएकोमा घर फर्की नआएकोले आफन्तले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१२ साण्डीबेशीस्थित ईन्द्रावती खोलाको छेउमा हाल नाम,थर,वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका-८ कञ्चनपुल खोलामा सोही गाउँपालिका- ९ नयाँगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी बिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

दोलखाको जिरी नगरपालिका-५ स्थित चेरदुङ डांडा कालोभिरमा हाल नाम, थर, वतन नखुलेका पुरुष सडीगलेको अबस्थामा बुधबार मृत फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्