Techie IT
१२ असार २०७९, आईतबार

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु


काठमाडौं, भदौ १८

बर्दिया, महोत्तरी, नवलपरासी (पश्चिम), कपिलवस्तु र सिरहाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका-१२ गणेशपुरस्थित सडकमा भे.१ च १०३७ नम्बरको पिकअफ भ्यानले बुधबार साँझ साईकललाई ठक्कर दिँदा साईकलयात्री गुलरिया नगरपालिक-(११ बस्ने ३५ वर्षीय अलि अहमद भाटको घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-२ निगोल पानी ट्याङ्कीस्थित सडकमा सोही स्थान बस्ने १४ वर्षीय बालकले चलाएको साइकलबाट खसेर साइकल पछाडी सवार २२ वर्षीया निकी मण्डलको ७ महिनाको छोरा निकियम मण्डलको बुधबार दिउँसो मृत्यु भएको छ । साइकलबाट खसेर गम्भीर घाइते भएका निकियम मण्डलको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-११ जमुवाडस्थित सडकमा ना.२ क २०९ नम्बरको ट्रकले लु.४५ प ८७४१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही ओमसतिया गाउँपालिका-४ बस्ने २४ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी पाल्हिनन्दन गाउँपालिका-४ बस्ने १९ वर्षीया प्रीति चौधरीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-१० गलहा पुलस्थित सडकमा लु.१ ह २६४५ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रुपन्देही गैडहवा गाउँपालिका(४ पौवा बस्ने ४० वर्षीय दया शंकर चामारको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक सहित ४ जनाको स्थानीय यादव मेडिकल हल मिलनचोकमा उपचार भएकोमा २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको सिरहा नगरपालिका(११ भलुवाहीस्थित सडकमा स.४ प ४६१० र स.४ प ७९२१ नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकहरूको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा स.४ प ४६१० नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुर र अर्का मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय दिपक कुमार पंजियार रहेका छन् । ठाकुरको उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै र पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ठाकुरको मोटरसाइकलमा सवार गुलरीया बस्ने जितेन्द्र महरा भन्ने ३५ वर्षीय शिव कुमार महराको भूमिजा अस्पताल लहानमा उपचार भईरहेको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार एवं थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्