Techie IT
८ असार २०७८, मंगलबार

भन्सार छलीका केराउ बरामद


काठमाडौं, भदौ १८

कैलालीको धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट भन्सार छली गरी भारततर्फ तस्करी गर्न लागेको करिब १ लाख ५८ हजार ७ सय ५० रुपैयाँ बराबरको ६७ बोरा केराउ मंगलबार प्रहरीले बरामद गरेको छ ।

उक्त क्षेत्रमा सरसामान तस्करी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त केराउ बरामद गरेको हो ।

उक्त केराउ आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्