Techie IT
१४ असोज २०७९, शुक्रबार

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ १८

धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा काभ्रेको नमोबुद्द नगरपालिका-८ दाप्चा बजार स्थित गैरापाटी बस्ने ४३ वर्षीय सुदर्शन अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले उनकै बुहारी ३५ वर्षीया रन्जना तिमल्सिनालाई घरायसी विवादको कारण बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धारिलो हतियार हसिया प्रहार गरी हत्या गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-१३ बस्ने ५२ वर्षीय दिपक बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कुँवरले आफ्नै श्रीमती ४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हसिया प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घुघुरकोट र ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्