Techie IT
६ असोज २०७८, बुधबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


काठमाडौं ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका-४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्