Techie IT
६ असोज २०७८, बुधबार

दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग


काठमाडौं ।

दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए ।तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्