Techie IT
शुक्रबार, फागुन २१,२०७७

कोरोना सङ्क्रमण पुष्टि


जलेश्वर, भदौ १८
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको राससलाई जानकारी दिए ।

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए । यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

नेपाल सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उनले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिनुका साथै सङ्क्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्