Techie IT
मंगलबार, फागुन १८,२०७७

गृहमन्त्री थापा राहत बोकेर बागलुङ गए


काठमाडौं, भदौं १८

राहत सामग्री लिएर गृहमन्त्री रामवहादुर थापा बागलङ गएका छन् । भदौ १७ गते राती बागलङको ढोरपाटनमा आएको अविरल वर्षासँगै आएको भिषण वाढीले त्यस क्षेत्रमा पहिरो जानाले ठूलो धनजनको क्षति भएको खवर पाउनासाथ गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टर चढेर उक्त क्षेत्रमा गएका हुन् ।

गृहमन्त्रीसँगै टोलीमा साँसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि सहभागी गृहमन्त्रालयले जनाएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका भित्र वाढीले ११ जनाको ज्यान गइसकेको छ भने ४० भन्दा धेरै ब्यक्तिहरु हराइरहेको जानकारी स्थानिय निकायले दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्