Techie IT
सोमबार, फागुन २४,२०७७

सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान


भक्तपुर, भदौ १८
कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । उनले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरे । राससका अनुसार सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्