Techie IT
१० असोज २०७८, आईतबार

फिटवेल गार्मेन्टद्वारा रक्तदान कार्यक्रम सञ्चालन


काठमाडौं, भदौ १८
फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बजारमा रगतको अभाव भएपछि निषेधाज्ञाको समयमा पनि सामाजिक दुरी कायम गरेर रक्तदान कार्यक्रम आयोजना गरेको ग्रामेंटका संचालक मनोज कुमार भारतीले बताए ।

काठमाडौँको नागार्जुङ नगरपालिका वडा नम्बर ६ स्थित गार्मेन्टको आँगनमा गरिएको रक्तदान कार्यक्रममा करिब ४२ जनाले रगत दिएका छन् । राष्ट्र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर शुशिला अधिकारी रक्तदान कार्यक्रममा उपस्थित भएका थिए । लामो समय कोरियामा काम गरेपश्चात स्वदेश फर्केर मनोज भारतीले गार्मेन्ट व्यवसाय संचालन गरेका हुन् ।

गार्मेन्टमा ७० जना कामदार छन् । निषेधाज्ञाको समयमा पनि भौतिक दुरी कायम राखेर सिमित काम भईरहेको संचालक भारतीले बताए । बिगत ७ बर्षदेखि संचालनमा रहेको गार्मेन्टमा सबै प्रकारका कपडा तथा आदेश अनुसार पोशाक तथा ड्रेस उत्पादन गरिने संचालक भारतीले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्