Techie IT
सोमबार, फागुन २४,२०७७

नेपालमा १० वर्ष मुनिका १५ सय बालबालिका कोरोना संक्रमित


काठमाडौं, भदौं १८

१० वर्ष मुनिका १ हजार ५ सय बालबालिका कोभिड-१९ बाट संक्रमित हुन पुगेका छन् ।यही भदौ १७ गते वुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन्।

तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ।सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका भने प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन्।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, दोलखा, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १६ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रतिम भएका छन्।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार १० वर्ष मुनिका संक्रमित बालबालिकाहरुको सूची प्रदेश र जिल्लागत रुपमा तल दिइएको छ
प्रदेश १
– खोटाङमा १ बालक
– इलाममा १ बालक
– झापामा २ बालिका र ६ बालक
– मोरङमा २६ बालिका र २७ बालक।
– सुनसरीमा ८ बालिका र १२ बालक।
– उदयपुरमा २ बालिका।

प्रदेश २
– सप्तरीमा ११ बालिका र २० बालक।
– सिरहामा २ बालिका र २ बालक।
– धनुषामा १३ बालिका र ३३ बालक।
– महोत्तरीमा ५ बालिका २० बालक।
– सर्लाहीमा २२ बालिका र २७ बालक।
– रौतहटमा २२ बालिका र ३६ बालक।
– बारामा ८ बालिका र १२ बालक।
– पर्सामा २७ बालिका र ३२ बालक।

बाग्मती प्रदेश
– सिन्धुपाल्चोकमा १ बालिका र १ बालक।
– धादिङमा ५ बालक।
– नुवाकोटमा १ बालिका र १ बालक।
– काठमाडौंमा ५७ बालिका र ७७ बालक।
– भक्तपुरमा २ बालिका र १४ बालक।
– ललितपुरमा ९ बालिका २४ बालक।
– काभे्रपलान्चोकमा २ बालिका र ३ बालक।
– सिन्धुली १ बालिका र १ बालक।
– मकवानपुरमा ४ बालिका र ५ बालक।
– चितवनमा ८ बालिका र १० बालक।

गण्डकी प्रदेश
– गोरखामा २ बालिका र ४ बालक।
– म्याग्दीमा १ बालिका १ बालक।
– कास्कीमा २ बालिका।
– लमजुङमा ३ बालिका र ५ बालक।
– तनहुँमा २ बालिका र ४ बालक।
– नवलपरासी पूर्वमा ३ बालिका ८ बालक।
– स्याङ्जामा ४ बालिका र १० बालक।
– पर्वतमा ३ बालक।
– बाग्लुङमा १ बालिका र ३ बालक।

प्रदेश ५
– रोल्पामा १ बालिका र १ बालक।
– प्युठानमा ९ बालिका र २ बालक।
– गुल्मीमा १० बालिका र ८ बालक।
– अर्घाखाँचीमा ७ बालिका र ९ बालक।
– पाल्पामा ४ बालिका र ५ बालक।
– नवलपरासी पश्चिममा ४ बालिका र ४ बालक।
– रुपन्देहीमा २० बालिका र १८ बालक।
– कपिलवस्तुमा १४ बालिका र १७ बालक।
– दाङमा १४ बालिका र ७ बालक।
– बाँकेमा १९ बालिका र १७ बालक।
– बर्दियामा ४ बालिका र ४ बालक।

कर्णाली प्रदेश
– मुगुमा १ जना बालक
– जुम्लामा १ बालिका र १ बालक।
– कालिकोटमा २ बालिका र ५ बालक।
– दैलेखमा ८ बालिका र ३२ बालक।
– जाजरकोटमा १ बालिका र १ बालक।
– रुकुम पश्चिममा १ बालिका र १ बालक।
– सल्यानमा १ बालिका र ४ बालक।
– सुर्खेतमा १८ बालिका र १७ बालक।

सुदूरपश्चिम प्रदेश
– बाजुरामा ३२ बालिका र ३२ बालक।
– बझाङमा २१ बालिका र ३८ बालक।
– दार्चुलामा १ जना बालक।
– बैतडीमा ८ बालिका र १२ बालक।
– डडेल्धुरामा ६ बालिका र १२ बालक।
– डोटीमा ५५ बालिका र ७५ बालक।
– अछाममा ३० बालिका र ६३ बालक।
– कैलालीमा ५२ बालिका र ७७ बालक।
– कञ्चनपुरमा १० बालिका र १६ बालक।
भविष्यका कर्णधार नेपाली बाबालिका यसरी कोरोनाको मारमा पर्नु अवश्य पनि सकारात्मक सन्देश भने होइन । प्रच्त्येक आमा वावुले आफ्ना सन्तानको राम्रो सँग ख्याल राख्नु पर्ने अवस्था आएको छ । अनावश्यक रुपमा बाहिर हिडडुल गर्न,खेल्न जानबाट बचाउनु पर्ने हुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्