Techie IT
१० असोज २०७८, आईतबार

बाढीले बस्ती बगाउँदा बाग्लुङमा १२ जना बेपत्ता


काठमाडौं, भदौ १८ गते

बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा १० घरसँँगै १२ जना बगेका हुन्। बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

भदौ १८ गते राति देखि आएको अरिवरल वर्षासँगै आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

खोला उर्लेर आउँदा बाढीको प्रभावले कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।घटनास्थलमा प्रहरी परिचालन गरिएको र बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको जानकारी पनि उनले दिएका छन् ।

स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षणको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् ।पहिरो ग्उको स्थलमा अझै के कति क्षति भयो त्यसको पूर्ण विवरण आउन अझै वाँकी नै छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्