Techie IT
शुक्रबार, फागुन २१,२०७७

देशको मुटु काठमाडौंमा शुल्क घटाएर रु.४ हजार ५ सय मा गरिने पिसिआर जाँच ,सेती प्रादेशिक अस्पतालले रु.२ हजार ५ सयमै गर्ने निर्णय


काठमाडौं,भदौ १८

गतेसवै क्षेत्रले सुविधा सम्पन्न मानिएकोे काठमाडौंमा कोभिड-१९को पिसिआर जाँच गर्न रु.४ हजार ५ सय लिने सरकारको निर्णयलार्ई चुनौती दिदै सेती प्रादेशिक अस्पताल धनगढीले भने रु.२ हजार ५ सयमै पिसिआर परिक्षण गर्ने निर्णय गरेको छ ।सो कुराको जानकारी अस्पताल ब्याबस्थापनले दिएको छ ।

सरकारले पिसिआर जाँचको शुल्क रु५हजार५ सयबाट घटाएर रु.४ हजार ५ सय कायम गरेको छ ।सरकारी तथा प्राइभेट अस्पतालले पनि पिसिआर परिक्षणको अनुमति लिएर गर्ने गरेका छन् । रु. ५ हजार ५ सय सरकारले तोको शुल्क रहेपनि कतिपय आफुलाई राम्रो र ठूलो भनाउदा प्राइभेट अस्पतालले रु७ हजार ५ सय पनि लिएको खुल्न आएको छ ।

सेती प्रादेशिक अस्पतालले कोभिड-१९ बाट संक्रमितहरुको लागि रु.२ हजार ५ सयमा पिसिआर परिक्षण गराउने निर्णयले अवश्य पनि तल्लो वर्गसम्मलाई समेट्न सहयोग पु-याउने छ र यसबाट स्वास्थ्य मन्त्रालयले पनि मनन् गरेर पिसिआर शुल्क घटाउन सके म्निस्तरका गरिखाने वर्ग अझै लाभान्वित हुन सक्नेछन् ।

                                                                           

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्