Techie IT
शनिबार, फागुन १५,२०७७

थप निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश के छ त ?


काठमाडौं,भदौ १८ गते

काठमाडौं उपत्यकामा यही भदौ १७ गते रातीबाट जिल्ला प्रशासनले लागू गरेको दोश्रो चरणको निषेधाज्ञा पुरा  भएर फेरि तेश्रो चरणको निषेधाज्ञा भदौ १७ गते राती १२ बजेबाट भदौ २४ गते राती १२ बजे सम्म पु-याएको छ ।

यस पटकको निषेधाज्ञाको मोडालिटीलाई सरकारले अलि परिवर्तन गरेको छ ।सञ्चालन गर्न पाउने सेवा सुविधाहरमा पहलेदेखि दिंदै आएका औषधी,पानी,स्वास्थ्य सामगी पसलले चौविसे घण्टा खोल्न दिने निर्णयलाई यस पाली पनि निरन्तरता दिएको छ ।

पहिले विहान नौ बजेसम्म खोल्ने अनुमति पाएका ध्यान्न,फलफुल,तरकारी,माछा,मासुजन्य पसल अवको एक साता विहान ११ बजेसम्म खोल्न पाउने छन् । यस भन्दा अघिका बन्द अवस्थामा रहेका होटल ब्याबशायहरुले स्वास्थ्य प्रोटोकल अपनाएर होम डेलभरी सेवा दिन पाउने भएका छन् ।

अति आवश्यकीय मालवाहक ढुवानीका साधनहरु दिउसो दुइ बजेदेखि साँझ नौ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै इन्धन, खाना पकाउने ग्याँस ढुवानी गर्न क्वारेन्टिन,आइसोलेसनमा खाना पु-याउन, स्वास्थ्य कार्यालयमा काम गनेृ कर्मचारी पास देखाएर हिडेन, वैंक तथा वित्तिय कार्यालयमा काम गर्ने कर्मचारी परिचय पत्र देखाएर कार्यालय जान आउन पनि सहज बनाएको छ ।

यस्तै उपत्यका बाहिरबाट अतिआवश्यक काम परेका ब्यक्ति उपत्यका भित्रिन परेमा पिसआिर रिपोर्ट नेगेटिभ देखाएर आउन पाउने ब्याबस्था पनि जिल्ला प्रशासन काठमाडौले जारी गरेको आदेशमा ब्याबस्था रहेको छ ।

एयरपोर्टदेखि क्वारेन्टिन,आइसोलेसन सम्म यातायात सञ्चालन गर्न ,क्वारेन्टिन वा आइसोलेसनमा क्यान्टिन सञ्चालन गर्न ,अत्यावश्यक सेवाका उधेग कलकारखानाहरु सञ्चालन गर्न सकिने, स्वाब संकलन गरिसकेपछि रिपोर्ट नआउन्जेलसम्म हाम क्वारेन्टिनमा बस्नु पर्ने आदेश पनि जिल्ला प्रशासन कायाृलयले गरेको छ ।
निषेध जारी गरिएका सेवाहरु
पर्वअनुमति आवश्यक नपर्ने सवारी साधनवाहेक अरु सवारीसाधनले अनुमति लिन,मेला,महोत्सव,भोज भतेर गर्न ,शिक्षण संस्था,ट्युसन सेण्टर,पार्टी प्यालेस ,डान्स,दोहोरी,व्युटीपार्लर,शैलुन सञ्चालन गर्न ,अत्यावश्यक वस्तु र सेवामा कृत्रिम अभाव गर्न पनि निषेध गरिएको छ ।

जथाभावी मुल्य वढाएर कालो बजारी गर्न पनि जिल्ला प्रशासनले निषेध जारी गरेको छ । यदी कसैले यसको नियम पालन नगरेमा कानुले तोकेवमोजिम कारवाही गनेृ समेत जारी आदेशमा उल्ले गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्