Techie IT
१२ साउन २०७८, मंगलबार

पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस मनाइँदै


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस बिहीबार मनाइँदैछ । यसै अवसरमा बिहीबार नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त स्मृति दिवस कार्यक्रममा एमाले अध्यक्ष केपी ओली पनि सहभागी रहने एमाले सचिवालयले जनाएको छ ।

विक्रम संवत १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख हस्तीको रुपमा ्रहेको स्वर्गिय ।ेष्ठको निधन २०३५ साल साउन ७ गते भा्रतमा भएका थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्